उदयपुर चौदण्डीगढीका मेयर–उपमेयर माथि जेनजी युवा समूहको आक्रमण

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा र उपमेयर मणीकादेवी दुलालमाथि जेनजी युवा समूहले आक्रमण गरेको छ ।

तिहारको अवसरमा नगरपालिकाको वडा नम्बर ९ र १० ले आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा आइतबार बिहान जेनजी समूहका युवाले आक्रमण गरेपछि कार्यक्रम अस्तव्यस्त बनेको हो ।

चौदण्डीगढी–१० हडिया बजारमा आयोजित सो कार्यक्रममा जेनजी युवाहरूले ‘भ्रष्ट जनप्रतिनिधि हटाऊ’ भन्दै व्यानर, माइक र कुर्सी तोडफोड गरेका थिए । कार्यक्रम सुरु हुनासाथ युवाहरूको समूहले विरोध प्रदर्शन गर्दै मंच कब्जा गरेपछि मेयर, उपमेयरलगायत जनप्रतिनिधिहरू भाग्न बाध्य भएका थिए ।

चौदण्डीगढी–९ का वडाध्यक्ष तथा नगर प्रवक्ता प्रकाश राउतका अनुसार जेनजी युवाहरूले कार्यक्रम स्थल कब्जा गरेपछि जनप्रतिनिधिहरूले सुरक्षा जोखिम महसुस गरी स्थल छाडेका हुन् । उनले भने, “कार्यक्रम सुरु हुनै लागेको थियो । अचानक युवाहरूको समूह आएर व्यानर र माइक हटाएपछि हामी बाहिरियौं ।”

घटनाको कारण चौदण्डीगढी–१० मा रहेको जनउत्थान कृषि तथा पशु सहकारीको विवादसँग जोडिएको बताइन्छ । उक्त सहकारीका अध्यक्ष वडा नम्बर १० कै वडाध्यक्ष धमेन्द्रकुमार खड्का हुन् ।

सहकारीमा करिब २० लाख रुपैयाँ हिनामिनाको आरोप लगाउँदै जेनजी युवाहरू लामो समयदेखि विरोधमा थिए । युवाहरूले सोही विवादको कारण जनप्रतिनिधिहरूलाई पनि जिम्मेवार ठहर गर्दै आजको कार्यक्रममा आक्रमण गरेको स्थानीय नवराज राउतले जानकारी दिए ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।