सुनसरीबाट प्रतिबन्धित लागू औषध सहित ७ जना पक्राउ

विराटनगर, कार्तिक ०३ गते । सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक ३ गते दिउँसो कोशी प्रदेश प्रहरी कार्यालयको, प्रादेशिक अनुसन्धान समूह (PIT) र ईलाका प्रहरी कार्यालय पकली सुनसरीको संयुक्त प्रहरी टोलीले सुनसरीको रामधुनि नगरपालिका-७ का २९ बर्षीय सुमन चौधरीलाई उनकै घर कोठाबाट लागू औषध ब्राउन सुगर बिक्रि बितरण गरीरहेको अवस्थामा ५ ग्राम ७३० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित र कारोबारमा संलग्न धरान -१७ का ३३ बर्षीय सुमन राईलाई नियन्त्रणमा लिएको हो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहत प्रहरी कार्यालयबाट कार्तिक २ गते खटिएको प्रहरी टोलीले ईनरुवा-४ स्थितबाट इटहरी -१८ का ३४ वर्षिय राजु चौधरी र रामधुनी-४ का २८ बर्षीय रोशन हरिजनलाई १९ ग्राम ६९ मिलिग्राम ब्राउन सुगर सहित ,धरान-११ स्थितबाट सोही स्थानका बिकाश परियार, बिजय परियार , धरान-१७ का ३६ बर्षीय ईन्द्र राईलाई लागू औषध डिकोलिक -५०० पिस र ट्रामोल -५०० पिस सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।