फिदिम नगरपालिका वडा नं. ११ को कार्यालय तोडफोड, घटनामा संलग्न २ जना पक्राउ
पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नं. ११ स्थित वडा कार्यालय तोडफोड गरिएको छ।
गए राति भएको उक्त तोडफोडबाट कार्यालयका ७ वटा झ्यालका २१ वटा सिसा फुटेको वडा अध्यक्ष राजेन्द्र थापाले जानकारी दिनुभयो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा फिदिम–११ का २८ वर्षीय बिरबल शंकर र ३१ वर्षीय भिम सुवेदी रहेका छन्।
उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।


