झापाको बिर्तामोडमा झगडाका क्रममा भएको कुटपिटबाट एक जनाको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ५ मा झै-झगडाका क्रममा भएको कुटपिटबाट एक जनाको ज्यान गएको छ । कार्तिक ५ गते साँझ ६:३० बजेको समयमा ३० वर्षीय जगन राजबंशी कुटपिटबाट गम्भीर घाइते भएको थियो ।

​घाइते राजबंशीलाई उनका आफन्तहरूले तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याएका थिए । तर, अस्पतालमा डाक्टरले चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

​घटनाको जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय अनारमनीबाट अनुसन्धानका लागि प्रहरी टोली खटिगएको छ । मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ ।

​प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको र उसको खोजी कार्य तीव्र पारिएको छ । कुटपिटको विषय र विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।