भाइटिका लगाउन गएकी दिदी भाईकै कार दुर्घटनामा निधन
मोरङ । भाइटिका लगाउन माइती गएकी मोरङको सुन्दरहरैचा १२ की ३९ वर्षिय बिनिता तामाङको कार दुर्घटनामा मृ*त्यु भएको छ। कार्तिक ५ गते (बुधबार) मिरिक जाँदै गर्दा नोलडाँडामा भएको उक्त दुर्घटनामा उनको मृ*त्यु भएको हो।
बिनिता आफ्ना २८ वर्षिय भाइ वाङ चेन लोपचन तामाङलाई टिका लगाउन मिरिक जाँदै थिइन्। सोही क्रममा उनी सवार रहेको कार मिरिकको नोलदारा गाउँमा दुर्घटनामा परेको थियो। उक्त कारमा रहेकी बिनिता, उनकी ४ वर्षकि छोरी युडेन्ला तामाङ र भाइ वाङ चेन लोपचन तामाङ सवार थिए।
दुर्घटनामा बिनिता र उनका भाइ दुबैको निधन भएको स्थानीय प्रहरीले जनाएको छ भने बिनिताकी छोरी भने सकुशल रहेकी छन्।
मिरिक क्षेत्रका स्थानीयवासीका अनुसार दुर्घटना अत्यन्त दर्दनाक थियो र यसले सम्पूर्ण समुदाय शोकमा डुबाएको छ। स्थानीय बासिन्दा तथा आफन्तजनहरूले बिनिता र उनका भाइप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।उनकि छोरीको सिलगुडि मेडिकल कलेजमा उपचार भईरहेको इसव श्रेष्ठले जानकारी दिए ।-शिव भट्टराई भोजपुरे/ सुन्दरहरैचा अपडेट


