मोरङमा ७२ लाख ठगेका चौहान ‘चेक बाउन्स’ मुद्दामा सङ्खुवासभाबाट पक्राउ

सङ्खुवासभा । लामो समयदेखि ‘चेक बाउन्स’ मुद्दामा फरार रहेका अभियुक्त उमेश चौहान पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको टोलीले उनलाई खाँदबारी नगरपालिका–९ बाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार खाँदबारी–९ का ४७ वर्षीय चौहानले रु.७२ लाख बराबरको बैङ्क चेक बाउन्स गराएको आरोपमा मोरङ जिल्ला अदालतले २०७९ साल असोज ७ गते पक्राउ आदेश जारी गरेको थियो।

अदालतको आदेशअनुसार मोरङ प्रहरीले उनलाई खोजी जारी राखे पनि उनी लामो समयसम्म फरार रहेका थिए।मोरङ प्रहरीले चौहानलाई पक्राउ गर्न सङ्खुवासभा प्रहरीसँग सहयोग मागेपछि जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले विशेष टोली परिचालन गरेको थियो।

सोही क्रममा बुधबार चौहानलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि थप प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार पक्राउ परेका चौहानलाई अदालतको आदेशअनुसार कानुनी प्रक्रिया पूरा गरी आवश्यक कारबाही अघि बढाइनेछ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।