सम्पर्कविहीन रहेकी लेटाङकी अंशु गौतम मृत अवस्थामा फेला
लेटाङ, ७ कार्तिक। सम्पर्कविहीन रहेकी लेटाङ २ स्कुल चोककी अंशु गौतम मृत अवस्थामा फेला परेकी छन्। उनको शव आज बिहान लेटाङ–बेलबारी सिमानासँगैको जंगल क्षेत्रमा बीभत्स अवस्थामा भेटिएको प्रहरीले पुष्टि गरेको छ।
घटनापछि परिवार र स्थानीय बासिन्दा स्तब्ध बनेका छन्। गाउँभर शोक र आक्रोशको माहोल छ। बालिकाको मृत्युको विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।
अपराधी पत्ता लगाउन अनुसन्धान तीव्र गतिमा अघि बढाइएको प्रहरीले जनाएको छ।
स्थानीयले घटनाको निन्दा गर्दै दोषीलाई शीघ्र कानुनी कारबाही गर्न माग गरेका छन्।


