पांचथरको फालेलुङ स्थित एक घरमा आगलागी
पांचथर । पांचथरको फालेलुङ गाउँपालिका–५ पखेरेडाँडास्थित एल मान थाम्सुहाङको घरमा आज बिहान आगलागी भएको छ ।
चुल्होबाट आगलागी हुँदा घर पूर्ण रूपमा जलेर क्षति भएको छ।
प्रहरी चौकी प्राङबुङ पाँचथरका प्रसनि डम्बर बहादुर घिमिरेको सहितको खटिएको टोलीले स्थानीय बासिन्दाको सहयोगमा आगो फैलिन नदिई पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ ।
मानविय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।


