इटहरीमा सवारी दुर्घटना हुंदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

इटहरी । इटहरी उपमहानगरपालिका–१२ संविधान चोक नजिक कोशी लोकमार्गमा शुक्रबार सवारी दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन्।

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४२६८ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सोही दिशातर्फ जाँदै गरेको को २ ह ५६९४ नम्बरको अटोलाई ठक्कर दिँदै पुनः विपरीत दिशाबाट आउँदै गरेको प्र. २–०२–००१ प १६१२ नम्बरको मोटरसाइकलसँग ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका–७ का ४७ वर्षीय गोकुलराज भण्डारीको मृत्यु भएको हो । घटनामा ३६ वर्षीया गीता श्रेष्ठ गम्भीर घाइते भएकी छन् । उनीहरू श्रीमान–श्रीमती रहेको प्रहरीले पुष्टि गरेको छ ।दुवै जनालाई तत्काल उपचारका लागि विराट मेडिकल कलेज शिक्षण अस्पताल बूढीगंगा मोरङ पठाइएकोमा गोकुलराजको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।गीताको सोही अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।मृतकको शव पोष्टमार्टमपछि छोरी सोनी प्रधानले बुझेकी छन् ।

बस चालक धरान उपमहानगरपालिका–८ का ५८ वर्षीय लोकनाथ भट्टराईलाई इलाका प्रहरी कार्यालय दुहवीले नियन्त्रणमा लिएको छ।त्यस्तै, दुर्घटनामा संलग्न अटो चालक इटहरी–५ का २४ वर्षीय सृजन कुमार राई र अटो प्रहरी चौकी खनारको नियन्त्रणमा छ ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।