यी हुन् भाइटीकाको दिन कार दुर्घटना परि निधन भएका गर्भवती दिदी बिनिता र भाई
सुन्दरहरैंचा । भाइटिका लगाउन माइती गएकी सुन्दरहरैंचा–१० खोर्सानेकी ३९ वर्षीया बिनिता तामाङ र उनका भाइ वाङ चेन लोप्छन तामाङ (२८) को कार दुर्घटनामा निधन भएको छ।
कार्तिक ५ गते मिरिकतर्फ जाँदै गर्दा नोलदारा गाउँ नजिक भएको दुर्घटनामा गर्भवती बिनिता र उनका भाइ दुवैको मृत्यु भएको हो। कारमा सवार बिनिताकी ४ वर्षीया छोरी युडेन्ला तामाङ भने सकुशल रहेकी छन्।
स्थानीयका अनुसार दुर्घटना अत्यन्त दर्दनाक थियो, जसले सम्पूर्ण समुदायलाई शोकमा डुबाएको छ। बिनिताकी छोरीको उपचार अहिले सिलगुढी अस्पतालमा भइरहेको जनाइएको छ।


