मेची पुलबाट लागू औषध ब्राउन सुगर सहित २ जना र नियन्त्रित औषधी सहित एक जना पक्राउ

विराटनगर, कार्तिक ०८ गते । झापाको मेचीनगर नगरपालिका-६ मेचीपुल स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई र नियन्त्रित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक ७ गते साँझ इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ का २१ बर्षीय अशोल राजवंशी र २२ बर्षीय रिचार्ड श्रेष्ठको साथबाट २ ग्राम ६ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिएको थियो ।

यसैगरी मोरङको प्रहरी चौकी अमरदहले चेकजाँचको क्रममा कार्तिक ७ गते दिउँसो १ बजे को २१ प २८३३ नम्बरको मोटरसाईकलमा जेब्रा झोला भित्र ३० वटा प्याकेटमा प्याक गरेर ल्याउदै गरेको १५ हजार नियन्त्रित ट्याब्लेट सहित मोटरसाईकल चालक मोरङको कटहरी गाउँपालिका-१ का ३५ बर्षीय निरज राजवंशीलाई नियन्त्रणमा लिएको हो ।

उनको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।