विराटनगर स्थित ऐतिहासिक दामादिघी पोखरीको सरसफाइ

विराटनगर । विराटनगर महानगरपालिका–१८ मा अवस्थित ऐतिहासिक दामादिघी पोखरीको सरसफाइ कार्यक्रम आज सम्पन्न भएको छ । विराटनगर महानगरपालिका वार्ड १८ को सहकार्यमा वडा कार्यालयका कर्मचारी,जनप्रतिनिधी , नेपाल प्रहरी , स्थानीय बासिन्दा सहभागितामा उक्त सरसफाइ अभियान सञ्चालन गरिएको वार्ड अध्यक्ष जितेन्द्र शाहले जानकारी दिनुभयो ।

सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिने दामादिघी पोखरी लामो समयदेखि फोहर र झारपातले ढाकिँदै गएको थियो । पोखरीको सौन्दर्य र धार्मिक महत्व पुनर्जीवित गर्ने उद्देश्यले सरसफाइ अभियान थालिएको वडा अध्यक्षले जानकारी दिए । उनका अनुसार सरसफाइसँगै पोखरीको संरक्षण, व्यवस्थापन र दिगो विकासका लागि महानगरपालिकाले दीर्घकालीन योजना बनाइरहेको छ।

कार्यक्रममा सहभागीहरूले पोखरी वरिपरि संकलित प्लास्टिक, बोटबिरुवा र फोहर पदार्थ हटाई सफा बनाएका थिए। साथै, स्थानीय युवाहरूले पोखरीलाई आकर्षक पर्यटनस्थलका रूपमा विकास गर्न निरन्तर सरोकारवाला निकायसँग सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन्।

दामादिघी पोखरीलाई विराटनगरको ऐतिहासिक र सांस्कृतिक सम्पदा मानिँदै आएको छ। यसले स्थानीय समुदायको पहिचान र सामाजिक एकतामा योगदान पु¥याउँदै आएको बताइन्छ। सरसफाइ कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरूलाई वडा कार्यालयले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता अभियानमा निरन्तर सहकार्यको अपिल गरेको छ । छट पर्वको अवसरमा सो पोखरिको सरसफाई गरिएको वडा अध्यक्ष शाहले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।