मोरङ लेटाङकी अंशुको शवको डीएनए परीक्षणका लागि नमुना काठमाडौँ पठाइयो

लेटाङ । जंगलमा बिभत्स अबस्थामा मृत फेला परेकी मोरङको लेटाङ–२ फँडानीकी १३ वर्षीया अंशु गौतमको परिवारले शव नबुझेपछि आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले डीएनए परीक्षणका लागि शव भएको ठाउँबाट उठाइएको अंशुको दाँत, खुटाको भाग, भेष्टमा फेला परेको हड्डीको टुक्रा तथा आमा–बुबाको रगतको नमुना सङ्कलन गरी विमानमार्फत काठमाडौँस्थित विधि विज्ञान प्रयोगशालामा पठाएको छ ।

जङ्गलको झाडीभित्र टुक्रा–टुक्रा अवस्थामा भेटिएको शव र त्यससँगै फेला परेका अंशुको चप्पल र कपडाहरू हेरेपछि अभिभावकले ती सामग्री उनकै भएको पुष्टि गरे । तर, उनीहरूले शव बुझ्न मानेनन्। उनको शव नबुझेपछि डीएनए परीक्षणका लागि पठाईएको हो ।

मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार डीएनए परीक्षणको नतिजा आउन सामान्यतया एक हप्ताभन्दा बढी लाग्छ । तर यसलाई प्राथमिकतामा राखेर छिटो नतिजा आउन प्रयोगशालासँग समन्वय भइरहेको उनले बताए । केही दिनमै रिपोर्ट आउने आशा छ, उनले भने । घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानलाई द्रुत बनाइएको छ ।

अनुसन्धान कमजोर नहोस् भनेर जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा पाँच सदस्यीय विशेष टोली गठन गरेको छ। त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पनि प्रहरी नायव निरीक्षकको नेतृत्वमा अर्को पाँच सदस्यीय टोलीलाई लेटाङ पठाएको छ।

जिल्ला, प्रदेश र स्थानीय प्रहरी तीनवटै निकायका टोलीहरू अहिले फँडानी क्षेत्रमा सक्रिय छन्। इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मी पनि अनुसन्धानमा संलग्न छन्। प्रहरीका अनुसार टोलीले आइतबार अंशुका विद्यालयका सहपाठीहरू र असोज २१ गते उनलाई घरबाट निस्कँदा देखेका स्थानीय व्यक्तिहरूसँग विस्तृत सोधपुछ गरेको छ।-बेतना दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।