छठ पर्व श्रम, शुद्धता र सहअस्तित्वको प्रतीक हो ः मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सूर्य उपासना तथा प्रकृतिप्रतिको श्रद्धा व्यक्त गर्ने पर्व छठको पावन अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायप्रति शुभकामना व्यक्त गर्दै यस पर्वलाई श्रम, शुद्धता, समर्पण र सहअस्तित्वको प्रतीकका रूपमा वर्णन गरेका छन् ।

मेयर कोइरालाले छठ पर्वलाई साझा धार्मिक, सांस्कृतिक र सामाजिक एकताको प्रतीक भन्दै यसले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र सामाजिक सहकार्यलाई मजबुत बनाउने उल्लेख गरे । ‘अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्ने छठको विधि केवल धार्मिक आस्थामात्र होइन, प्रकृतिप्रतिको कृतज्ञता र पर्यावरणीय सन्तुलनको सम्मान पनि हो,’ कोइरालाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

उनका अनुसार छठ पर्वले परिवार, छिमेकी र समुदायबीचको एकता बलियो बनाउँदै सामूहिक सौहार्द र सहअस्तित्वको सन्देश दिन्छ । उनले विराटनगरलाई बहु–सांस्कृतिक सहरको रूपमा चित्रित गर्दै छठ पर्वले विविधता भित्रको एकता झल्काउने सुन्दर उदाहरण प्रस्तुत गरेको बताए ।

मेयर कोइरालाले छठ पर्वले नेपाली समाजमा धार्मिक आस्था मात्र होइन, सामाजिक सहकार्य र पर्यावरणीय चेतना समेत प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे । उनले छठ मइयाप्रति आराधना गर्दै सबै नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।