पाँचथरमा गोली हानेर बाबुले गरे छोराको हत्या

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बामा बुवाले गोली प्रहार गरी छोराको हत्या गरेका छन्।

मिक्लाजुङ–८ दुर्दिम्बा भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आइतबार दिउँसो करिब ३ः२० बजे आफ्नै १७ वर्षीय छोरा सफल सिंघकलाई भरुवा बन्दुकबाट गोली प्रहार गरेका हुन्।

मादक पदार्थ सेवन गरेका बखतसिंहले घर पछाडिको बारीमा करिब १०० मिटर टाढाबाट छोरामाथि गोली चलाएका थिए। दाहिने कुम, कञ्चट र छातीमा गोली लागेर सफलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए।

प्रहरीले घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित बखतसिंहलाई नियन्त्रणमा लिएको छ। मृतक सफलको शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।