इलामको सूर्योदय नगरपालिकाकी कर्मचारी रुपा राईको दुर्घटनामा निधन
इलाम । इलामको सूर्योदय नगरपालिकाकी कर्मचारी रुपा राईको दुर्घटनामा निधन भएको छ ।
शनिबार अटो र पिकअप ठोक्किएर दुर्घटना हुॅदा अटोमा रहेकी उनी गम्भीर घाइते थिइन् ।
बिएन्डसी अस्पतालले उपचार नहुने भन्दै फर्काएपछि उनलाई हिजो फिक्कल अस्पताल ल्याइएको थियो ।
चिकित्सकको सल्लाहमा उनलाई पुनः विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । अस्पतालले आज बिहान करिब ४ बजे उनलाई मृत घोषणा गरेको सूर्योदय नगरले जनाएको छ।
हिजो आधिकारिक स्रोतले दिएको सूचनाका आधारमा उनीबारे दु:खद् खबर फैलिएको थियो ।


