झापाको माइधारमा पल्टियो बस
झापा । पश्चिमबाट झापा आउँदै गरेको प्र १-०१-००१ ख ४२०९ नम्बरको यात्रुवाहक बस पूर्व पश्चिम सडक खण्डको झापा शिवशताक्षी-१० माईधारमा राति करिब २:३० बजे पल्टिएको छ ।
बसमा सवार केही यात्रु घाइते भएका छन् ।
उनीहरूलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको स्थानीय मेडिकल सञ्चालक भीम सुवेदीले जानकारी दिएका छन्।


