इलामको माइखोला किनारमा एक पुरुष मृत फेला
इलाम । इलामको माइखोला किनारमा एक पुरुष मृत फेला परेका छन् ।
कात्तिक ९ गते राति इलाम नगरपालिका ९ खप्परेस्थित माइखोलाको किनारमा पुरुष मृत फेला परेका हुन् ।
इलाम नगरपालिका १० का ३६ वर्षे राजेन्द्र अधिकारी गोलाखर्कबाट घर फर्किनेक्रममा खेतबारीबाट अन्दाजी ३० फिट तल खोलाको किनारमा घोप्टो परी मृत फेला परेको प्रहरीले जनाएको छ ।


