कार पल्टिदा श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

सिन्धुली । आज बिहान सवा ११ बजेको समयमा सिन्धुलीको सुनकोशी गाउॅपालिका वडा नम्बर ६ चैनपुर स्थित बि.पी. राजमार्ग सडक खण्डबाट करिब ४२ फिट तल कार पल्टिदा एकजनाको मृत्यु भएको छ ।

बिराटनगरबाट काठमाण्डौतर्फ जादै गरेको बा ७ च ७५५४ नम्बरको कार आफै अनियन्त्रित भई सडक देखि अन्दाजी ४२ फिट तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

मोरङको विराटनगर उप महानगरपालिका १७ का ६५ वर्षिया ओम बहादुर अर्जेलले चलाएको कारमा एकै परिवारका तीन सदस्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घट्नामा परि ओम बहादुरको मृत्यु भएको छ भने निजको श्रीमती ४९ वर्षिया सुनिता अर्जेलको अवस्था गम्भिर रहेको र ३१ वर्षिया छोरा निशान्त अर्जेलको अवस्था मध्यम रहेको सिन्धुली प्रहरीले बताएको छ । घाईतेहरूलाई थप ऊपचारको लागि धुलिखेल अस्पताल रिफर गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।