तेह्रथुम आठराईका लिम्बू घर नजिकैको जंगलमा मृत फेला
तेह्रथुम । विगत १ महिना देखि बेपत्ता रहेका आठराई २ खाक्लालुङ बस्ने ३५ बर्षिय मनाहाङ लिम्बू घर नजिकैको जंगलमा मृत फेला परेका छन्।
स्थानीयले अलैची गाेढ्नका लागि जंगलमा जादा सडेकाे अबस्थामा लास देखे पछि प्रहरीलाई खबर गरेर साे लास यश अघि हराएका आठराई २ खाम्लालुङ बस्ने मनाहाङ लिम्बुकाे भएकाे समन्वय समिती तेह्रथुमका प्रमुख गुमनसिङ ईस्पाेले बताउनु भयाे ।
गत असाेज १३ गते घर बाट बेपत्ता भएका मनाहाङकाे खाेजिका लागि स्थानियले प्रहरीमा जाहेरि समेत दिएका थिए।घरमा कसैलाई नभनि बेपत्ता भएका मनाहाङकाे यश अघि गाउलेहरुले सबै ठाउमा खाेजी गरे पनि भेटाएका थिएन।
करिब १ महिना पछि घर नजकैकाे जंगलकाे रुखमा डाेरी सहित भुईमा लत्रिएकाे अबस्थामा लास भेटीए पछि प्रहरीले मुचुल्का चयार गरि पाेष्ट मार्टम र कानुनी प्रकृयाका लागि अगाडि बढाईएकाे प्रहरीलाई उद्वत गर्दै समन्वय समिति तेह्रथुमका प्रमुख ईस्पाेले जानकारि दिनु भयो ।-रेडियो आठराई


