ताप्लेजुङको खोक्लिङबाट सदरमुकाम फुङ्लिङ तर्फ आउँदै गरेको ट्याक्सी दुर्घटना
ताप्लेजुङ । ताप्लेजुङको खोक्लिङबाट सदरमुकाम फुङ्लिङ तर्फ आउँदै गरेको ट्याक्सी दुर्घटना भएको छ ।
कंचनजङ्गा टोलको सडक खण्डमा ब्रेक फेल भएर बाटोबाट करिव ५ मिटर मुनि झरेर ट्याक्सी दुर्घटना भएको हो ।
सवार सबै यात्रु सकुशल रहेको र घटनाबारे थप विवरण आउन बांकी रहेको छ ।


