इनरूवाबाट हराएकी लक्ष्मी बिर्तामोडमा फेला
झापा । इनरूवा स्थित स्मल हेभेन एकेडेमीका ११ कक्षामा अध्यनरत बालिका लक्ष्मी भन्ने लताकुमारी मेहता झापाको बिर्तामोडमा फेला परेकी छिन्।
नेपाली प्रष्ट बोल्न नसक्ने उनिलाई भेट्न बिर्तामोड बाेलाएका युवा सम्पर्क विहीन भएकाे पाइएकाे छ। गढी गाउपालिका घर भएकि उनले बुबाकाे राम प्रसाद मेहेता ,
आमाकाे नाम सम्झना मेहता र बहिनी रिता देवी मेहता रहेको बताएकी छिन ।
अहिले उनी इलाका प्रहरी कार्यालय अनारमुनि बिर्तामोडमा सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
स्मल हेभेन एकेडेमीका शिक्षकहरूले परिवारजनलाई विधालयकाे सम्पर्कमा आएकाले उनलाई लिन जाने तयारीमा रहेको जनाएको छ।


