‘विवाह नगरे ज्यान लिने’ धम्कीपछि शिक्षिकाले रोजिन् यस्तो बाटो

धनगढी । विद्यालय निरीक्षकले आफूसँग विवाह नगरे मारिदिने धम्की दिएपछि एक शिक्षिकाले आ!त्म,ह,त्या गरेकी छन् । डोटी स्थायी घर भई बाजुराको बुढीगंगा नगरपालिका– ५ मा रहेको भानोदय माध्यमिक विद्यालयमा निम्न माध्यमिक तह गणित शिक्षकको रूपमा कार्यरत जानकी खड्काले आत्महत्या गरेकी हुन् ।

जिल्ला शिक्षा समन्वय एकाइ सिलगढीमा कार्यरत एक जना विद्यालय निरीक्षकले आफूसँग विवाह नगरे ज्यान लिने धम्की दिएको सुसाइड नोट फेला परेको पछि शिक्षिका खड्काले आत्महत्या गरेको खुलासा भएको हो ।खड्का डोटीको पूर्वीचौकी गाउँपालिका– १ की स्थायी बासिन्दा हुन् ।

उनलाई विवाहका लागि दाबाब दिनेमा डोटीकै शिखर नगरपालिका– ११ स्थायी घर भई जिल्ला शिक्षा समन्वय एकाइ सिलगढीमा कार्यरत विद्यालय निरीक्षक गणेशबहादुर रावलले विवाहका लागि दबाब दिएका थिए । विवाहको प्रस्ताव अस्वीकार गरेपछि रावलले खड्काका भाइ प्रदीप खड्कालाई फोन गरेर ‘तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु’ भन्दै धम्क्याएका थिए ।

रावलको निरन्तरको धम्कीपछि खड्काले गत १० कात्तिकमा घरभन्दा ७ सय मिटर तल खोला किनारमा रहेको उत्तिसको बोटमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । रावलविरुद्ध मृतक खड्काका बुबा चक्रबहादुर खड्काले आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी कार्यालय डोटीमा जाहेरी दिएका छन् । जोहेरीपश्चात् ११ कात्तिकमा नै रावललाई पक्राउ गरिसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।