मोरङ जिल्ला अदालतमा कर्मचारी मागिएको भन्दै नक्कली विज्ञापन देखाएर ठगी

विराटनगर । मोरङ जिल्ला अदालतमा कर्मचारी मागिएको भन्दै नक्कली विज्ञापन देखाएर ठगी गरेको एक घटना सार्वजनिक भएको छ ।

सरकारी जागिर लगाइदिने प्रलोभनमा एउटा गिरोहले अदालतको नक्कली विज्ञापन प्रयोग गरी २७ जनाभन्दा बढी व्यक्तिहरूलाई ठगी गरेको खुलेको हो ।

पीडितहरूले जिल्ला प्रहरी कार्यालय मोरङमा सामूहिक उजुरी दिएपछि यो प्रकरण बाहिर आएको छ ।मोरङ प्रहरीका अनुसार, पूनमदेवी साहको नाममा यो ठगी भएको पाइएको छ ।

प्रारम्भिक अनुसन्धानमा यो गिरोहले सप्तरी जिल्लामा पनि ठगी गरेको देखिन्छ ।ठगहरूले मोबाइलमा जिल्ला अदालतमा करारका कर्मचारीको विज्ञापन खुलेको भन्दै नक्कली विज्ञापन देखाउने गर्दथे । उनीहरूले प्रत्येक पीडितबाट २ हजार ५ सयदेखि २० हजारसम्म संकलन गरेका थिए भने, कतिपय व्यक्तिहरूसँग जागिर लगाइदिने भन्दै ३ लाखसम्म असुल गरेको पीडितहरूको दाबी छ । ठगी गर्ने गिरोहले पीडितहरूलाई यो घटनाबारे बाहिर बोलेमा ज्यान मार्ने धम्की पनि दिइरहेको पाइएको छ ।

गिरोहले २०८२ साउन १२ गतेको मितिमा नायव सुब्बा १५ जना, कार्यालय सहयोगी २२ जना र सवारी चालक ५ जनाको विज्ञापन खुलेको भन्दै ठगी गरेको थियो । उनीहरूले आफूहरूले नै जागिर लगाएको देखाउन कर्मचारीका नक्कली परिचय पत्रसमेत बनाउने गरेको तथ्य फेला परेको छ ।नक्कली परिचय पत्रमा प्रशासन अधिकृतको रूपमा केदारनाथ पौडेलको नाम र हस्ताक्षर उल्लेख गरिएको थियो।

ठगीमा परेका पीडितहरू सुरुमा न्यायको खोजीमा जिल्ला अदालत मोरङ पुगेका थिए। जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले अदालतको दरबन्दी लोकसेवा आयोगमार्फत मात्र पदपूर्ति हुने जानकारी दिँदै पीडितहरूलाई उजुरीका लागि जिल्ला प्रहरी कार्यालय जान सल्लाह दिएको बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुँडालले ठगिएकाहरूको जाहेरी आएपछि घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिएकी छन् ।-बेतना दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।