झापा र सुनसरीबाट प्रतिबन्धित लागू औषध सहित ७ जना पक्राउ

विराटनगर, कार्तिक १३ गते । झापा र सुनसरीको बिभिन्न स्थानहरुबाट कार्तिक १२ गते प्रतिबन्धित लागू औषध सहित ७ जनालाई पक्राउ गरीएको छ ।

झापाको इलाका प्रहरी कार्यालय दमकबाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-५ का बिष्णु राजबंशीलाई आफ्नै घरमा लागू औषधको बिक्रि बितरण गरीरहेको अवस्थामा ट्रामाडोल-८ सय क्याप्सुल, स्पास्पेन ३ सय ट्याब्लेट र डाईक्लोमाईन ५ सय ट्याब्लेट सहित संलग्न सोही स्थानका मौसम तामाङ, सावन जगेबु, रुस्तम बर्देवा र रुचल मगरलाई नियन्त्रणमा लिएको हो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले संखुवासभाको धर्मदेव नगरपालिका-४ का ओमनाथ घिमरेलाई ब्राउन सुगर २ ग्राम ३ सय ६० मिलिग्राम सहित र इलाका प्रहरी कार्यालय धरानले बिभिन्न किसिमका लागूऔषध ३ सय १७ ट्याव्लेट सहित धरान उप-महानगरपालिका-५ का रेहान लिम्बुलाई नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।