कोशीमा असोज महिनाको सर्वोत्कृष्ट प्रहरी चौधरी घोषित

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय नयाँबजार, इलाममा कार्यरत प्रहरी सहायक निरीक्षक रमेश कुमार चौधरीलाई असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ।

विभागीय मूल्य–मान्यता र आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य पालन गर्ने क्रममा चौधरीले असोज १९ गते बाढी र पहिरोले ठूलो क्षति पु¥याएको इलामको माइजोगमाई गाउँपालिका–६ चाङ क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

उनीले बाढी–पहिरोमा पुरिएर मृत्यु भएका ८ जनाको शव उद्धार गरी पहिरोबाट निकाल्ने कार्यको नेतृत्व गरे। त्यसैगरी माइजोगमाई गाउँपालिका–५ र ६ का दुई जना सुत्केरी महिला र एक जना सिकिस्त बिरामीलाई हेलिकप्टरमार्फत उद्धार गर्न पनि सक्रिय भूमिका खेले।

त्यसपछि, बाढी–पहिरोबाट क्षति पुगेको इलाका प्रहरी कार्यालय नयाँबजारका लागि स्थानीय समाजसेवीसँग समन्वय गरी करिब ५० हजार रुपैयाँ बराबरका फर्निचर र सामाग्री उपलब्ध गराए।साथै अवरुद्ध भएका सडकहरू पुनः सञ्चालन गर्न स्थानीय प्रतिनिधि र सरोकारवाला निकायसँग सहकार्य गरेर द्रुत गतिमा सुचारु गराएका थिए।

उनका यी कार्यहरूको उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई २०८२ साल असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।