झापामा आगलागी हुंदा दुई घर र एक पसल जले

झापा । झापाको गौरीगंज गाउँपालिका–६ स्थित खजुरगाछी बजारमा गएराती आगलागी हुँदा दुई घर र एक पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीबाट स्थानीय चन्द्र नायकको किराना पसल र रेखा ढकालको घर जलेर पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगलागी राति करिब १० बजे तिर सुरु भए पनि के कारणले भएको हो भन्ने यकिन हुन सकेको छैन । आगो तीव्र रुपमा फैलिदा नजिकै रहेका राजेन्द्र ढकालको घरमा पनि पूर्ण क्षति पुगेको र त्रिभुवन आदर्श पुस्तकालयमा आंशिक क्षति पुगेको बताइएको छ ।

गौरादह नगरपालिका, कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाबाट आएका दमकलसहित स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा करिब डेढ घण्टापछि अर्थात् राति ११.३० बजे आगो नियन्त्रणमा ल्याइएको थियो ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण सार्वजनिक भएको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।