मेची राजमार्ग अन्तर्गतको माईखोला राजदुवाली–सिमलगोलाई सडक पुनः बन्द
इलाम । मेची राजमार्ग अन्तरगतको माईखोला राजदुवाली–सिमलगोलाई सडक पुनः बन्द भएको छ ।
गए रातिको वर्षाले माई खोला राजदुवाली सडकका केही स्थानहरू भासिनुका साथै चर्किएका कारण यातायात आवागमन पूर्ण रूपमा रोकिएको हो ।
साथै वैकल्पिक मार्ग सिमल–गोलाइ समेत अवरुद्ध भएपछि हालका लागि सो सडक पनि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो।
उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयबाट बाटो खुलेको सूचना नआएसम्म सो सडक बन्द रहनेछ ।


