निरन्तरको वर्षाका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध

विराटनगर । निरन्तरको वर्षाका कारण बाढी र पहिरोका कारण विभिन्न जिल्लामा राजमार्ग अवरुद्ध भएका छन्। तमोर करिडोर, मेची राजमार्ग र बीपी राजमार्गमा बाढी र पहिरोको असर देखिएको छ।

पाँचथर र धनकुटाको सिमानामा पर्ने नावा खोलामा बाढी आएपछि धरान, धनकुटा, मूलघाट हुँदै पाँचथर र ताप्लेजुङलाई जोड्ने तमोर करिडोर अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी, मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पनि बाटो बन्द छ। गत असोजमा आएको बाढी र पहिरोले क्षति पुर्याएपछि खोलिएको नयाँ ट्र्याकमा विभिन्न स्थानमा पहिरो जाँदा र जमिन भासिएका कारण राजमार्ग अवरुद्ध भएको हो।

मोन्था चक्रवातको आंशिक प्रभावले कोशी प्रदेशका इलामसहितका जिल्लामा थप जोखिम उत्पन्न हुने पूर्वानुमान सार्वजनिक भएसँगै जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझदेखि सो सडकखण्डमा सवारी आवागमनमा रोक लगाएको थियो।-बेतना दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।