अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाइएको छ।

आयोगको इटहरीस्थित कार्यालयका प्रमुख खगेन्द्रप्रसाद रिजालले नेपालको संविधानको धारा २९४ (३) अनुसार आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका हुन्।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले मुलुकमा सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रण प्रति सबैको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे।

विकास निर्माणले गति लिन, समृद्धि कायम हुन तथा स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारमुक्त प्रशासनिक वातावरण अनिवार्य हुने उनले बताए।

सो अवसरमा आयोगका कार्यालय प्रमुख रिजालले सो आर्थिक वर्षमा आयोगमा दर्ता भएका तथा जिम्मेवारी सरेका गरी जम्मा २,३३६ उजुरीमध्ये १,९३५ फछ्र्यौट भएको जानकारी दिए।

उनका अनुसार कोशी प्रदेशभित्र संघीय निकायसम्बन्धी ९०१, प्रदेश सरकारसम्बन्धी ४८९, स्थानीय तहसम्बन्धी १,९०४ गरी जम्मा ३,२९४ उजुरी दर्ता भएका छन्।

प्रतिवेदनका अनुसार प्रदेशमा वन तथा वातावरण क्षेत्र सम्बन्धी उजुरी सबैभन्दा धेरै २४.४९ प्रतिशत रहेको उल्लेख गरिएको छ।-टाकुरा न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।