निरन्तरको वर्षाले सडक भासिएपछि इलाम र खोटाङका सडक अवरुद्ध, सवारी सञ्चालनमा रोक

इलाम, १४ कात्तिक । बिहीबारदेखि जारी निरन्तर वर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय इलामका अनुसार सडक विभिन्न स्थानमा दबिएको, भासिएको र चिरिएको छ।

त्यसैगरी, तिल्केनी–सिमलगोला–शिल्पुर सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। दुबै सडकखण्डमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको प्रशासनले जनाएको छ।

स्थानीय प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, “उल्लेखित बाटो हुँदै सवारी सञ्चालनमा अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा रोक लगाइएको व्यहोरा सरोकारवाला सबैमा जानकारी गराउँदछौँ।”

गएराति कोसी प्रदेशका अधिकांश स्थानमा वर्षा भएको छ। प्रहरीका अनुसार अन्य स्थानहरूमा पनि पहिरो र सडक क्षतिको जोखिम बढेको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी ध्रुबकुमार श्रेष्ठले खोटाङमा एक स्थानमा सडक अवरुद्ध भएको जानकारी दिएका छन्। साथै, बिपी राजमार्गको काभ्रे जिल्लाका चौकीडाँडा, चारसयबेशी, डालाबेशी, नार्केललगायत स्थानहरूमा लेदो सहितको पहिरो खसेपछि कोसी प्रदेशबाट गएका सवारीसाधनलाई सचेत गराइएको उनले बताए।-निलोपाटीबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।