मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर र ट्याब्लेट सहित ४ जना पक्राउ

विराटनगर, कार्तिक १४ गते । मोरङ र सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगर र ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक १३ गते मोरङको विराटनगर महानगरपालिका-५ बरगाछी चोक स्थितमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा संखुवासभाको खाँदबारी नगरपालिका-१ का रुपेश कुलुङ र तेह्रथुमको छथर गाउँपालिका-३ का कर्ण सुनुवारको साथबाट १२ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी सुनसरीको हरिनगर गाउँपालिका- ४ स्थितबाट प्र.१-०२-००४ ह ८३३५ नम्बरको सिटी सफारीमा लुकाई छिपाई ल्याउदै गरेको ट्रामाडोल १२ हजार ट्याब्लेट सहित सिटि चालक हरिनगर-५ का अख्तर अंसारी सहित २ जनालाई इलाका प्रहरी कार्यालय हरिनगरले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।