झापामा गाडी जलेको दुई दिनपछि शिवसताक्षीका सरोज शर्माको शव बिरिङ पुलमुनी फेला

झापा । झापा शिवसताक्षी नगरपालिका–१० का सरोज शर्माको शव हुलाकी राजमार्गअन्तर्गत बिरिङ खोलाको पुलमुनी फेला परेको छ। शनिबार बिहान कालो प्लास्टिकमा बेरिएको अवस्थामा उनको शव गाडिएको अवस्थामा भेटिएको हो।

दुई दिनअघि शर्मा सवार बा १–०३०–च ७१९४ नम्बरको गाडी चारआली–भद्रपुर सडकखण्डअन्तर्गत हातेमालो सामुदायिक वनभित्र जलिरहेको अवस्थामा फेला परेको थियो। गाडी जलेको दुई दिनपछि बिरिङ पुलमुनी शव भेटिएपछि घटनालाई हत्या भएको आशंका गरिएको छ।

शर्मा गत कार्तिक ९ गते दिउँसो २ बजे माइधारस्थित घरबाट गाडी धुने भन्दै निस्केका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए। झन्डै सात दिनपछि उनको शव फेला परेको हो।

घरबाट निस्केपछि जिल्लाका विभिन्न बजारमा शर्मा घुमेको सिसिटिभी फुटेज फेला परेको छ। उनी अन्तिम पटक सुरुङामा देखिएको फुटेज प्रहरीको फन्दामा परेको बताइएको छ।

काठमाडौंमा बस्दै आएका शर्माको सेन्लटस कम्पनीको उक्त गाडी कसले र किन जलाएको हो भन्नेबारे अहिलेसम्म स्पष्ट भएको छैन। दशैंमा घर आएका शर्मा छठ पर्व मनाएर काठमाडौं फर्कने तयारीमा थिए।-खबरखेतीबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।