झापाको बिरिङ खोलाको पुलमुनि भेटिएको श’व शिवसताक्षी– १० माईधारका ३३ वर्षीय सरोज शर्माको रहेको पुष्टि
झापा । झापाको बिरिङ खोलाको पुलमुनि भेटिएको श’व शिवसताक्षी– १० माईधारका ३३ वर्षीय सरोज शर्माको रहेको पुष्टि भएको छ ।
आफ्नो सवारीसहित बे’पत्ता भएका शर्माको श’व पुलमुनि गा’डिएको अवस्थामा फेला परेको हो।
केही दिनअघि मात्र उनको कार चारआली जंगल क्षेत्रमा ज’लेको अवस्थामा फेला परेको थियो ।
प्रहरीले ह’त्याको आरोपमा स्थानीय सुनिल साहलाई पक्राउ गरेको छ ।


