भोजपुरमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–४ दुबे स्थित चाम्लादाङबाट दिङला तर्फ आउँदै गरेको लकडी लोड गरिएको ट्याक्टर (प्रदेश नं. १–०२–००३ त १२१३) आज बिहान अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा ट्याक्टर चालक षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षीय आईत बहादुर तामाङ र अरुण गाउँपालिका–४ चरम्बीका १७ वर्षीय नविन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
घाइते भएका १९ वर्षीय दाछिरि शेर्पा, २३ वर्षीय अम्बर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीया सुनिता तामाङको दिङला नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।-इ-नागरिकबाट


