डिएनए रिपोर्ट कुर्दाकुर्दै एक हप्ता बित्यो,अझै भएन लेटाङकी अंशु गौतमको दाहसंस्कार

लेटाङ । गत असोज २१ गते लेटाङबाट रहस्यमय ढङ्गले बेपत्ता भएकी १३ वर्षीया बालिका अंशु गौतमको शव १८ दिनपछि बेलबारीको घना जङ्गलमा फेला परेको एक हप्ता बितिसक्दा पनि प्रहरी अनुसन्धान अझै अन्योलपूर्ण छ।

घटनाले स्थानीय समुदायमा ठूलो चिन्ता,आक्रोश र डरको वातावरण सिर्जना गरेको छ, जसले प्रहरीमाथि दबाब बढ्दै गएको छ।
के यो हत्या बलात्कारसँग जोडिएको छ? दोषी को–को हुन्? यी प्रश्नहरूले सबैको मनमा उथलपुथल मच्चाइरहेका छन्।

असोज २१ गते साँझ लेटाङ नगरपालिका–२, फँडानी स्कुलचोककी अंशु आफ्नो घरबाट बाहिरिएकी थिइन् र त्यसपछि फिर्ता आइनन्। परिवारले तत्काले प्रहरीमा जानकारी गराए पनि सुरुका दिनमा कुनै ठोस सुराक भेटिएन।

असोज २२ गतेदेखि नै खोजी अभियान तीव्र रूपमा सुरु गरियो। मोरङ जिल्ला प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै ७७ वटै जिल्ला प्रहरी युनिटमा विवरण पठायो।

स्थानीय, सामाजिक सङ्घसंस्था र सुरक्षाकर्मीले जङ्गल, नदी र बस्तीहरूमा खोजतलास गरे तर १८ दिनसम्म सफलता हात लागेन। अन्ततः कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनमा उनको शव फेला पर्‍यो, जुन दृश्य अत्यन्तै दयनीय र भयावह थियो।घटनास्थल लेटाङबाट करिब साढे ३ किलोमिटर दूरीमा पर्छ। प्रहरीले जनाएको अनुसार शव सडेको र क्षतविक्षत अवस्थामा थियो।

टाउको र शरीर छुट्टिएको थियो, कपडा फुकालिएको थियो, र शरीरका भागहरू छुट्टाछुट्टै फेला परेका थिए, जसले पहिचान गर्न कठिन बनाएको थियो। शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पोष्टमार्टमका लागि पठाइयो।

पोस्टमार्टम रिपोर्टअनुसार मृतकको उमेर १२ देखि १४ वर्ष अनुमान गरिएको छ,जो अंशु गौतमसँग मेल खान्छ।

रिपोर्टमा टाउकोमा रगत जमेको र धारिलो हतियारबाट प्रहार भएको उल्लेख छ, जसलाई मृत्युको मुख्य कारण मानिएको छ। बलात्कारपछि हत्या भएको आशङ्का गरिएको भए पनि पुष्टि हुन अझै बाँकी छ।यता लेटाङ–२ का वडाध्यक्ष तेजबहादुर तिम्सिनाले घटनाबारे अनुसन्धान अझै अन्योलमै रहेको बताए ।

उनका अनुसार प्रहरीले घटनालाई निकै चासोका साथ हेरेर अनुसन्धान अघि बढाए पनि ठोस प्रमाण फेला पार्न सकेको छैन ।उनका अनुसार गौतमको घरबाट घटनास्थलसम्मको दूरी करिब साढे तीन किलोमिटर रहेको छ । उनले भने, “अपराधी पत्ता लगाउन सकिएको भए स्थानीयले राहतको सास फेर्न पाउने थिए।”

कहाँ पुग्यो प्रहरीको अनुसन्धान ?
मोरङ प्रहरीका एसपी कवित कटुवालका अनुसार घटना प्राथमिकतामा राखेर अनुसन्धान भइरहेको छ। “पोस्टमार्टम रिपोर्टमा बलात्कार स्पष्ट उल्लेख छैन, तर पूर्ण रूपमा नकारिएको पनि छैन,” उनले भने।

“डिएनए परीक्षण रिपोर्ट आउन बाँकी छ। केही समय लागे पनि छिट्टै सत्य बाहिर ल्याइनेछ।”इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीका अनुसार घटनास्थल र वरपरका प्रमाण सङ्कलन भइरहेका छन्।

“शङ्कास्पद व्यक्तिहरूको बयान, मोबाइल ट्र्याकिङ र फरेन्सिक परीक्षण हुँदैछ,” उनले बताए। शवलाई धरानमा राखिएको छ र दाहसंस्कार गरिएको छैन।घटनापछि लेटाङ र बेलबारी क्षेत्रमा त्रास फैलिएको छ। अभिभावकहरू बालबालिका सुरक्षित नभएको भन्दै चिन्तित छन्।-बेतना दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।