मोरङ रंगेलीकी एक महिलाले तातो पन्यू तताई पुरुषको लिङ्ग र मुखमा डामेर घाइते बनाएपछि…

मोरङ । मोरङ रंगेलीकी एक महिलाले तातो पन्यू तताई पुरुषको लिङ्ग र मुखमा डामेर घाइते बनाएकी छन् ।

आज बिहान ४ बजे मोरङ रंगेली नगरपालिका माझी टोल घर भई हाल कटहरी २ आदर्श टोलमा डेरा गरी बस्ने ३० वर्षीया सन्तोषी माझीले धनपालथान गाउँपालिका ४ कर्सिया बस्ने ३८ वर्षीय चन्दन पासवानलाई त्यसरी डामेकी हुन् ।

पासवान बेलाबेलामा आइ माझीको घरमा बस्दै आएका थिए । राति पासवान कोठामा आई खाना खाई सुतेकोमा माझीले तातो पन्यू तताई लिङ्ग र मुखमा डामी घाइते बनाएकी हुन् । घाइतेको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

सोही अस्पतालमा खटिएको प्रहरी कर्मचारीले आज बिहान ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी गराएपछि वडा प्रहरी कार्यालय हाटखोलाबाट प्रहरी टोली खटिएको छ । माझी तत्काल फरार रहेकीले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।