सुन कारोबारको बहानामा झापाका सरोज शर्माको हत्या

झापा । झापाको शिवशताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापामा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले घटनामा संलग्न स्थानीय २७ वर्षीय सुनिल साह र २३ वर्षीय राहुल साहलाई पक्राउ गरिएको जानकारी दिए। साथै, घटनामा संलग्न अर्का एक जना भारतीय नागरिक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौंमा बस्दै आएका सरोज शर्माले सस्तो दरमा सुन किन्ने र परिचितहरूलाई पनि किनिदिने प्रस्ताव गर्दै आएका थिए। यही बहानामा सुनिल साहसँग उनको चिनजान भएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार, सुनिल र राहुलले शर्मासँग भएको पैसा लुट्ने उद्देश्यले योजनाबद्ध रूपमा उनको हत्या गरेका हुन्।

प्रहरीको भनाइमा, गत कात्तिक ९ गते उनीहरूले “सुन ल्याएका छौं, देखाउँछौं” भन्दै शर्मालाई अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडा सामुदायिक वनमा लगेका थिए। त्यही ठाउँमा उनले टाउकोमा हथौडा प्रहार गरी हत्या गरिएको बताइएको छ। त्यसपछि शवलाई झापा गाउँपालिका–५, हुलाकी मार्गस्थित बिरिङ खोलाको पुलमुनि गाडिएको थियो।

शर्माकै सवारी साधन बा.प्र.०१–३० च ७१९४ नम्बरको गाडी प्रयोग गरी शव पु¥याइएको र पछि त्यस गाडीलाई जलाएर मेचीनगर–१३, निचाझोडा सिमसार क्षेत्रमा फालिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।कात्तिक ९ गतेदेखि बेपत्ता रहेका शर्माको खोजीपछि कात्तिक १३ गते उनको जलिरहेको गाडी फेला परेको र कात्तिक १५ गते राति १ बजे बिरिङ खोलाको पुलमुनि उनको शव भेटिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सुनिल र राहुल नातामा मामा–भान्जा हुन्। उनीहरूले प्रारम्भिक सोधपुछका क्रममा अपराध स्वीकार गरेका छन्।शर्माको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। पक्राउ परेकामाथि अपहरण, शरीर बन्धक, आपराधिक उपद्रव र ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए।-बेतना दैनिकबाच

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।