उदयपुर, मोरङ, सुनसरी र झापाबाट प्रतिबन्धित लागू औषध सहित ७ जना पक्राउ

विराटनगर, कार्तिक १७ गते । उदयपुर, मोरङ, सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट कार्तिक १६ गते प्रतिबन्धित लागू औषध सहित ७ जनालाई पक्राउ गरीएको छ ।

उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डिगढी नगरपालिका-७ का पर्शुराम तिमल्सिना र चौदण्डिगढी-६ का बिबेक राईलाई लागूऔषध ३३ एम्पुल सहित, बेलका नगरपालिका-९ का बल बहादुर बि.क.लाई १० किलोग्राम २३० ग्राम गाँजा सहित पक्राउ गरेको छ भने बेलका-८ कोठु दोभान स्थित सप्तकोशी नदीमा २ वटा रबरको ट्युबमा ६ वटा बोरामा रेहेको १ सय ३४ किलोग्राम गाँजा बग्दै गरेको अवस्थामा बरामद गरेको हो ।

यसैगरी झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी नगरपालिका-१० का झलकनाथ अर्यालको साथबाट बिभिन्न प्रकारका प्रतिबन्धित औषधी १ सय १९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको प्रहरी चौकी भरौलले बराहक्षेत्र नगरपालिका-८ का ईन्द्र बहादुर परियारलाई ट्रामाडोल २५ क्याप्सुल र नियन्त्रित लागू औषध ४५ ट्याब्लेट सहित पक्राउ गरेको हो ।

यसका साथै लागू औषध नियन्त्रण ब्युरो विराटनगरले मोरङको सुन्दरहरैचा-४ का रोमन राई र केरावारी-१० का पुर्ण तामाङलाई १२ ग्राम ८१ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित विराटनगर-१६ स्थितबाट नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖