मोरंग सुन्दरहरैंचाको एक घरमा चोरी
मोरंग । माेरङको सुन्दरहरैंचा–९ बुधबारेमा गए राति करिब १ बजेपछि निसिल लम्सालकाे घरमा चोरी भएको छ।
चोरले घरको तेस्रो तल्लाको झ्यालबाट प्रवेश गरी सुतिरहेको अवस्थामा बेडमा राखिएका सामग्री चोरी गरेको लम्सालले बताए।
उनका अनुसार, चोरीमा २ वटा आइफोन सहित ३ वटा र करिब २० हजार रुपैयाँ नगद हराएको छ।
लम्सालकाे भनाइअनुसार, सुतिरहेको बेलामा बेडमा लगाइएको झुल समेत काटेर मोबाइलहरू चोरी गरिएको हो।


