मोरङको सुन्दहरैचामा एक किशोरी फेला
मोरङ । मोरङको सुन्दहरैचा नगरपालिका–४ बलिया क्षेत्रमा एक किशोरी फेला परेकी छिन्।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले कार्तिक १६ गते राति करिब १०:०० बजे सो क्षेत्रबाट झापा घर बताउने निशा चौधरी नामकी, आमाको नाम एन्जिला चौधरी रहेको, करिब १५ वर्षकी देखिने महिलालाई फेला पारेको हो।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी निजलाई ईटहरीस्थित मायाघरमा जिम्मा दिएको छ। प्रहरीका अनुसार हालसम्म सो किशोरीको परिवार वा आफन्तले सम्पर्क गरेको छैन।
त्यसैले यदि कोही कसैले निजलाई चिन्ने वा आफन्त भएको थाहा पाएमा मायाघर ईटहरीमा सम्पर्क गर्न अनुरोध गरिएको छ।


