लेटाङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष दाहाल सडक दुर्घटनामा गम्भीर घाइते
लेटाङ, १७ कार्तिक । लेटाङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष निर्मल दाहाल सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् ।
काठमाडौँबाट लेटाङ आउने क्रममा आईतबार बिहान उदयपुरको कटारीमा दाहालले चलाइरहेको मोटरसाइकललाई हाइयसले ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ ।
दुर्घटनामा दाहालकी श्रीमती मृदुला गौतम सामान्य घाइते भएकी छन् । गम्भीर घाइते दाहालको हाल विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ ।


