मोरङको पथरीमा पार्किङ स्थलबाटै मोटर साईकल चोरी

मोरङ । मोरङको पथरी शनिश्चरेमा चोरीका घटनाहरु घट्न थालेका छन् । कार्तिक ९ गते आईतवार साँझ ५ बजेको समयमा एउटा मोटरसाईकल चोरी भएको छ ।

पाँचथरबाट पथरी शनिश्चरे मरिमराउमा भेटघाट गर्न आएका सुनिल मगरको कालो रातो रंगको प्रदेश १-०२/ 0५५ प ८०७९ नम्वरको बाईक पार्किङ गरेर राखेकै ठाँउबाट चोरी भएको हो । पथरी शनिश्चरे नगरपालिका उत्तर मन्दिर नजिकै पार्कीङमा लक गरि राखेको बाईक चोरी भएको हो ।

साँझको समय र नजिकै सिसि क्यामरा नभएकाले चोरको पहिचान हुन हुन सकेन । नगरपालिका उत्तर खालि चोरमा सुरक्षा हुन्छ भनेर बाईक राखि बजार भरेर निस्कदा बाईक हराएको हो । बाईक हराए लगतै प्रहरीलाई जानकारी गराएको मगरले बताए । राखेकै ठाउँबाट चोरी भएको हुदा देख्नु हुने महानुभावले नजिकैको प्रहरी कार्यलय वा ९८६०७०५७५९ मा सम्पर्क गरिदिन मगरले आग्रह गरेका छन् ।

पछिल्लो समय जेन जी आन्दोलनबाट सिथिल बनेको प्रहरी र समाजको मौका छोपी चोरले फाइदा उठाउदै मोटर साईकल चोरी गर्ने गरेको देखिन्छ । आन्दोलन पछि सुरक्षाका लागि राखिएको सिसि क्यामेरा समेत तोडफोड भएकाले खोजी कार्य र चोर पहिचान गर्न कठिन भएको ईलाका प्रहरी कार्यलय पथरीले बताएको छ ।-सुन्दरहरैचा अपडेटबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।