झापा दमकका २ जना स्रोत नखुलेको २३ लाखसहित सप्तरीमा पक्राउ

झापा । कदमाहा सडक खण्डमा स्रोत नखुलेको रुपैयाँसहित २ जनालाई प्रहरी पक्राउ गरेको छ ।

गाईघाटतर्फ जाँदै गरेको गाडीलाई आइतबार राति ९ बजेतिर सप्तरीको सुरुङ्गा नगरपालिका–२ मा इलाका प्रहरी कार्यालय भेडियाका प्रमुख प्रहरी निरीक्षक पूर्णकुमार राईको नेतृत्व टोलीले शंका लागी चेक गर्दा स्रोत नखुलेको रुपैयाँसहित २ लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००८ नम्बरको गाडीलाई चेक गर्ने क्रममा २३ लाख रुपैयाँ, विभिन्न इलेक्ट्रोनिक उपकरणसहित झापा दमकका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।झापा दमक नगरपालिका–५ का २८ वर्षीय किरण सिटौला र सोही ठाउँका १९ वर्षीय धिरज प्रसाईंलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सवार गाडीबाट साइकलमा हावा हाल्ने पम्प १ सस थान, इलेक्ट्रिक रिक्साको मोटर ३ थान, इलेक्ट्रिक साइकलको ब्याट्री ३१ थान, इलेक्ट्रिक स्कुटरको ब्याट्री ३ थान, ब्याट्री चार्जर ७ थान, ब्याट्री टेस्टर १ थान प्रहरीले बरामद गरेको छ ।सप्तरीको इलाका प्रहरी कार्यालय कडरबोनामा राखेर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।