झापा, मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर, कार्तिक १८ गते । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक १७ गते झापाको मेचीनगर नगरपालिका-६ बाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले नुवाकोटका २७ बर्षीय राम बहादुर तामाङलाई १७ ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सुनसरीको कोशी गाउँपालिका-१ बाट जिल्ला प्रहरी कार्यालय सुनसरीले धादिङका ३० बर्षीय बिष्णु अधिकारीलाई ९ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने लागू औषध नियन्त्रण ब्युरो बिराटनगरले मोरङको केराबारी गाउँपालिका-८ का १९ बर्षीय आशिष श्रेष्ठलाई ३ ग्राम १८ मिलिग्राम सहित बिराटनगर-१५ बाट नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनिहरुको थप अनुन्सधान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।