स्कुटर दुर्घटनाका घाइते विराटनगरका युवकको मृत्यु

विराटनगर । विराटनगरमा महानगरपालिकामा भएको स्कुटर दुर्घटनाका घाइते युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

गत असोज ३० गते विराटनगर महानगरपालिका–१०, रोडशेषस्थित स्वागतम् होटल नजिकै दुर्घटना भएको थियो । रोडशेषबाट रानीतर्फ जाँदै गरेको प्र १–०४–००२ प ०२३१ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटरमा सवार तीन जना युवा घाइते भएका थिए । तीमध्ये चालक विराटनगर–१४ का १८ वर्षीय निखिल साहको हात र टाउकोमा चोट लागेको थियो । उनको आज (मंगलबार) न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पछाडि सवार विराटनगर–१५ का अन्दाजी २५ वर्षीय विकास चौधरी (निधारमा चोट) र विराटनगर–१ का अन्दाजी १८ वर्षीय समिर शर्मा (बायाँ खुट्टा भाँचिएको) न्युरो अस्पतालमै उपचार भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।