इलाममा बाढीपहिरो पीडितलाई स्वतन्त्र नागरिक समाजद्वारा राहत वितरण
इलाम । गत असोज १८ गतेको बाढी पहिरोबाट क्षतिग्रस्त बनेका घरपरिवार तथा बाढी–पहिरो पीडितलाई स्वतन्त्र नागरिक समाज इलामले राहत वितरण गरेको छ ।
संस्थाले अहिलेसम्म ईलाम नगरपालिका र देउमाई नगरपालिकाका विभिन्न वडामा रहेका जम्मा ११ घरपरिवारलाई राहत प्रदान गरेको र थप अन्य स्थानहरुमा राहत वितरण गर्न बाकी रहेको छ।
संस्थाका प्रतिनिधि, अमृत तामाङका अनुसार राहत स्वरूप संस्थाले पीडित परिवारहरूलाई ओड्ने सामग्री तथा केही रकम वितरण गरेको र प्राकृतिक विपद्का बेला पीडित परिवारको दुःखमा हातेमालो गर्न र केहि राहत पुर्याउने उद्देश्यले सो सहयोग गरिएको हो ।


