विर्तामोडमा आन्दोलनका क्रममा लुटिएको इन्सास हतियार फेला
झापा । झापाको विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजिक सिमल तरुलको झाडीभित्र वेवारिसे अवस्थामा इन्सास हतियार फेला परेको छ।
मिति २०८२ साल कात्तिक १९ गते अन्दाजी साँझ ४:४५ बजेतिर प्रहरीले उक्त स्थानबाट ०३११००८७२ नम्बरको इन्सास हतियार १ थान, त्यसको म्याग्जिन १ थान, १९ राउण्ड सावुत गोली र २ राउण्ड बेसावुत गोली बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार सो हतियार कात्तिक २४ गते जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनिबाट लुटिएको थियो।
बरामद गरिएको हतियार अहिले इप्रका अनारमनिमा ल्याई राखिएको छ।
प्रहरीले घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।


