झापाको भद्रपुर–गलगलिया सीमा नाका ७२ घण्टा बन्द हुने
झापा । झापाको भद्रपुर–गलगलिया सीमा नाका ७२ घण्टा बन्द हुने भएको छ ।
भारतको विहारमा हुने विधानसभा निर्वाचनलाई लक्षित गरी भद्रपुर–गलगलिया सीमा नाका बन्द हुन लागेको हो ।
भद्रपुर–गलगलिया सीमा नाका किशनगञ्ज जिल्ला अन्तरगत परेकोले नोभेम्बर ८ तारिख साँझ ५ बजेदेखि नोभेम्बर ११ तारिख साँझ ५ बजे (कार्तिक २२ गते शनिवारदेखि कार्तिक २५ गते मंगलबार)सम्म बन्द गरिने सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरका डीएसपी दयाराम पौडेलले जानकारी दिए ।


