सुन्दरहरैचामा खोलामा डुवेको अवस्थामा एक शव फेला
मोरंग । सुन्दरहरैंचा नगरपालिका–१ र ग्रामथान गाउँपालिका–७ जोड्ने साधु टोल नजिकको खोलामा एक पुरुषको डुबेको अवस्थामा शव फेला परेको छ।
बिहिबार बिहानै फेला परेको उक्त शवको पहिचान मोरङ, धमपाल गाउँपालिका–५ बबियाका अन्दाजी ५६ वर्षीय दुर्गा प्रसाद खवासको रहेको आफ्न्तबाट पहिचान खुलेको हो।
प्रहरी कार्यालय हरैंचा र बेलबारी घटनास्थाल पुगेपछि पोष्टमार्टमका लागि शवलाई कोशी प्रदेशिक अस्पताल बिराटनगर पठाइएको छ।
स्थानीय स्रोतका अनुसार शव बोक्ने सवारी साधन अभाव भएकाले इटहरीबाट शववाहन मगाएर अस्पताल लैजानु परेको थियो।


